News Portal

विराटनगर विमानस्थलका पीडित आन्दोलनमा

रातोपोस्ट संवाददाता
३१० पटक

विराटनगर, ७ असार । विराटनगर विमानस्थल आसपास जग्गा रोक्का भएका स्थानीयले मुआब्जा दिने अथवा जग्गा फुकुवा गर्न माग गर्दै स्थानीयले सडक संघर्ष शुरू गरेका छन् । विमानस्थल विस्तार गर्ने भन्दै संघीय सरकारले स्थानीयको जग्गा रोक्का गरिराखेको छ । मंगलबार स्थानीयले एयरपोर्ट मोड सडक अवरुद्ध गरी संघर्ष सुरु गरेका हुन् ।

क्षेत्रीय विमानस्थल बनाउन सरकारले जग्गा अधिग्रहण गर्ने भनी झन्डै डेढ वर्षदेखि १२६ दशमलव ४६ बिघा जग्गा रोक्का गरेको छ । विमानस्थल पीडित संघर्ष समितिका संयोजक वेदराज पौडेलले अब चरणबद्ध संघर्ष गर्ने बताए । समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत ध्यानाकर्षण गराएको थियो ।

समितिले संघर्षको कार्यक्रमअन्तर्गत असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयत मन्त्री प्रेमबहादुर आलेको पुत्ला दहनगर्ने, प्रमुख राजनीतिक दलहरुलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहण गर्न आग्रह गर्ने र शीर्ष नेताहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्