News Portal

अपहरण गरी भारत लगेर किशोरीमाथि बलात्कार गर्ने पक्राउ

रातोपोस्ट संवाददाता
२४९ पटक

काठमाडाैँ, ८ असार । बारामा १६ वर्षीया किशोरीलाई अपहरण गरेर भारत लगी बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका कलैया उपमहानगरपालिका- ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अंसारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका-१ बाट डर त्रास देखाई अपहरण गरी भारतको लुधियानामा लगेर बन्धक बनाई जबरजस्ती करणी तथा मानव बेचबिखन तथा ओसार पसार समेतको कसुर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका-५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

शनलाई जिल्ला अदालत बारामा पेस गरिएकोमा अदालतको आदेशअनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस्