News Portal

बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पदंशबाट मृत्यु

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्