News Portal

जिसस रौतहटमा गठबन्धन विजयी

रातोपोस्ट संवाददाता
३०४ पटक

रौतहट, १२ असार । जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ ।

१८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका छन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

सदस्यतर्फ कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पाश्वान र शेख मोज्जमिल समान २५ मत प्राप्त गरी विजयी बनेका छन्।अन्य सदस्यमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको कांग्रेसका नेता अर्जुन यादवले जानकारी दिए ।

एमालेबाट सभापति पदका उम्मेदवार शेरबहादुर पटेलले पाँच मत प्राप्त गरे । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४, एमालेको पाँच र जसपा-लोसपाको सात मत थियो ।

प्रतिकृया दिनुहोस्