News Portal

मेचीनगरमा युवाहरुसँग अभिमुखिकरण कार्यक्रम

रातोपोस्ट संवाददाता
३१५ पटक

झापा, १५ असार । झापाकाे मेचीनगर नगरपालिका वडा नं.१२ मा स्थानीय निकायमा क्षयरोग विरुद्धको लडाईंमा सुमदायको सशक्तिकरण विषयक वडास्तरीय युवाहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका क्षयरोगमुक्त घोषण अभियान अन्तरगत भएको कार्यक्रममा स्थानीय युवाहरुको सहभागिता रहेको थियो । मेचीनगर नगरपालिका वडा नंं.१२ का वडा सदस्य मनोज खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य चौकी मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले गरेकी थिइन् ।

अधिकारीले क्षयरोग भनेको के हो, यसका लक्षणहरु के-के हुन्, क्षयरोग लागेमा कसरी बच्ने, क्षय रोग नियन्त्रणमा युवाहरुको भूमिका लगायतका बारेमा बताएकी थिइन् ।

“सम्पुर्ण युवा एकजुट भईकन सकृय सहभागीता जनाउँदै अघि बढ्न सके पाँच वर्ष नबित्दै मेचीनगरलाई क्षयरोग मुक्त पालिमा घोषणा गर्न सकिने” कार्यक्रमका सहभागी तथा संचारकर्मी हरिकृष्ण भण्डारी बताउँछ्न् ।

यसैबीच सोही अवसरमा नेत्रप्रसाद मिश्रको संयोजकत्वमा मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त बनाउन मेचीनगर-१२ मा युवाको समिति गठन गरिएको छ । उक्त समितिको सह-संयोजकमा दुशान्त कोइराला र सदस्य सचिवमा योगेश भण्डारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा उमेश खतिवडा, हरिकृष्ण भण्डारी, रबिन बस्नेत, प्रकाश ढुंगाना, खेमराज ढकाल, अर्पन श्रेष्ठ, ब्रिटिस लिम्बू र वरुण राजवंशी रहेका छन् ।

प्रतिकृया दिनुहोस्