News Portal

घरभित्रै ५० प्रतिशत महिला हिंसा

रातोपोस्ट संवाददाता
२४४ पटक

काठमाडाैँ, १५ असार । महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ ।

जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना भएका छन् । तथ्याङ्कमा एक नाबालिकको बलात्कारपछि हत्या भएको उल्लेख छ । त्यस्तै, २८ वटा (१४ प्रतिशत) सामाजिक हिंसा, २० वटा (९ प्रतिशत) यौन दुर्व्यवहार, ८ वटा (४ प्रतिशत) हत्या र २ वटा (१ प्रतिशत) मानव बेचविखनका घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्