News Portal

इरानमा भूकम्प जाँदा ५ को मृत्यु

रातोपोस्ट संवाददाता
३०२ पटक

तेहरान, १८ असार । इरानको दक्षिणी क्षेत्रमा शनिबार गएको भूकम्पमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले जनाए अनुसार ६.३ म्याग्निच्यूटको भूकम्पमा परी थप ४४ जना घाइते भएका छन् ।हर्मोजगान प्रान्तको सायद खोस गाउँ भूकम्पको मूख्य केन्द्रविन्दु रहेको र त्यहाँ करिब ३ सय मानिसको बसोबास रहेको बताइएको छ । उक्त स्थानमा उद्धार टोली खटाइएको छ ।

भूकम्पमा भवन तथा भौतिकपूर्वाधारमा क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा पटक पटक भूकम्प जाने गरेको छ । यस अघि नोभेम्बरमा ६.४ र ६.३ म्याग्निच्यूटको भूकम्प जादा एक जनाको मृत्यु भएको थियो ।

इरानको बाम सहरमा सन् २००३ मा गएको ६.६ म्याग्निच्यूटको भूकम्पमा २६ हजार मानिसको मृत्यु भएको थियो भने सन् २०१७ मा पश्चिमी क्षेत्रमा गएको ७ म्याग्निच्यूटको भूकम्पमा ९ हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्