News Portal

मल ल्याउने भनेर सरकारले किसानलाई अलमल्याए: ओली

रातोपोस्ट संवाददाता
३१२ पटक

काठमाडाैँ, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दिएको बताएका छन्। शनिबार ललितपुरको च्यासलको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारले किसानहरूलाई आश्वासन दिएर अलमल्याएको बताए। हरेक वर्ष किसानले मल चाहिएको बेला नपाउने गरेको उनले बताए।

‘हरेक साल किसानलाई मल चाहिएको बेलामा मल आपूर्ति हुँदैन। चाहिएजति आपूर्ति हुने त कुरै हुँदैन। यो किन यस्तो हुन्छ। यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ। अलिक ६ महिना अगाडि देखि प्रयास गरेहुन्थ्यो नी,’ उनले भने। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमै उभिएर किसानलाई मल आपूर्तिको व्यवस्था तत्कालै गर्ने भनेपनि किसानले नपाएको उनले बताए। देउवाले गरेको कुरा राम्रो भएपनि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको उनले बताए।

अस्ती प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले संसदमा उभिएर भन्नुभयो, किसानलाई मल आपूर्तिको व्यवस्था तत्काल गरिनेछ, र किसानले मल पाउनेछन्। वाणी मिठो थियो, कुरा राम्रो थियो,’ उनले भने, ‘तर ल्याउने प्रबन्ध कहीँ पनि गर्‍या छैन। केही पनि गर्‍या छैन भने मल कहाँबाट ल्याउँछ। अर्थात अल्मल्याउन काम भएको छ। अल्मल्याउने कामबाट, छकाउने कामबाट, कृषि क्षेत्रको उत्थान हुनसक्दैन।’

प्रतिकृया दिनुहोस्