News Portal

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने

रातोपोस्ट संवाददाता
२८० पटक

काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेकाे छ ।

गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर हालसम्म पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २ सय ९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ।

मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो।

प्रतिकृया दिनुहोस्