रातोपोस्ट संवाददाता
काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बैठक बोलाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । असार २९ र ३० गते काठमाडौँ बस्ने गरी बैठक बोलाइएको हो ।
यसअघि उपेन्द्र यादव पक्षले असार २७ र २८ गतेका लागि वीरगञ्जमा बस्ने गरि बैठक बोलाएको थियो । यादवले बोलाएको बैठकमा भट्टराई पक्ष सहभागी हुने छैन । बाबुराम पक्षीय नेता गंगा श्रेष्ठले विस्तारित बैठकले आवश्यक रणनीति तय गर्ने बताए ।