News Portal

नागरिकता विधेयक : पुरानो फिर्ता गरेर नयाँ दर्ता गर्ने सरकारको तयारी

रातोपोस्ट संवाददाता
३०२ पटक

काठमाडौँ, २१ असार । सरकारले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने भएको छ । मंगलबार साँझ बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटेको र संशोधित विधेयक बुधबार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी रहेको बताइएको छ । यसअघि नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिका बारे दलहरुबीच मत भिन्नता थियो।

राज्य व्यवस्था तथा सुशासन समितिले तीन वर्षसम्म छलफल गरेर संसदमा प्रतिवेदन पुर्याएपछि सरकारले बुधबार नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर अर्को संशोधित विधेयक लैजाने तयारी गरेको हो। पछिल्लो समय विधेयक पारित गर्ने कोसिस भए पनि सत्ता गठबन्धनभित्रै वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिबारे मतभेद भएपछि सरकार विधेयक नै फिर्ता लिने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्