News Portal

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई नै

रातोपोस्ट संवाददाता
२७५ पटक

काठमाडौं, २२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएकी छन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भए पनि जनार्दन शर्माले अर्थ मन्त्रीबाट राजीनामा दिएका छन्।

प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरे लगत्तै उनले राजीनामा दिएका हुन्। राष्ट्रपतिले अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनु भएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।’

प्रतिकृया दिनुहोस्