रातोपोस्ट संवाददाता
झापा, २४ असार । ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार कनकाई नगरपालिका-३ स्थित एकान्त टोलको भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याक्टरले सडकमा रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
अटोमा सवार नेपालको टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागी बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो। यता ट्याक्टर र चालक कनकाई नगरपालिका-७ निवासी २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।