News Portal

बाजुराको बूढीगंगामा नगरपालिकामा एमालेको दोब्बर अग्रता

रातोपोस्ट संवाददाता
३२२ पटक

बाजुर, २५ असार । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना गर्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ। जारी मतगणनको पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन्। नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९ मत मात्र पाएका छन्।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ। एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत पुर्‍याएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ। वैशाख ३० मा मतदान भएर पनि धाँधली भएको ठहरसहित असार २३ मा भएको मतदानमा ९ हजार १२८ मत खसेको थियो।हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ।

प्रतिकृया दिनुहोस्