News Portal

बाबुरामको जसपा फुटाउने सपना चकनाचूर भयो : उपेन्द्र यादव

रातोपोस्ट संवाददाता
२९२ पटक

वीरगञ्ज, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताएका हुन् । पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस्