काठमाडौं, ३ साउन । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो । ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने । कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए । प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
- एनएमसीलाई प्रश्न: घरघरमा ट्याग राखेर अस्वस्थ प्रतिस्पर्धा किन ?
- एनएमसी फलोअप: सदस्यको घरमा राखिएको ट्याग हटाउन यसअघि नै आएको थियो निर्देशन
- मिल्यो बालकल्याण माविको कुटपिट घटना
- राज्यको एउटा निर्णयले ‘बिचल्ली’मा किसान
- उद्घाटनमै सीमित त बन्दैन ‘ट्राफिक टाइम कार्ड’ ?
- मेची कृषकको साधारण सभामा सम्मान
- लोकतन्त्रको मजबुतीका लागि अध्ययन र अन्तरक्रिया