News Portal

एकीकृत समाजवादीकाे दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजबाट सुरु

रातोपोस्ट संवाददाता
२४७ पटक

काठमाडाैँ, ४ असार । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ।

पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरूसँग दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम गर्न लागेको हो।

तालिम बुधबार बिहान ११ बजेदेखि काठमाडौँको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा सुरु हुनेछ।स्थानीय तहका अधिकार, कार्यक्षेत्र लगायतका विविध विषयमा जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइने जनाइएकाे छ।

प्रतिकृया दिनुहोस्