News Portal

पोखरा–जोमसोम उडान ठप्प

रातोपोस्ट संवाददाता
२६४ पटक

जोमसोम, ४ साउन । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा वन्द गरेपनि उठान ठप्प भएको छ ।

नेपालका दुर्गम क्षेत्रमा उडान सेवा दिने तारा एयर मात्र रहेको छ । सीता एयर, समिट र नेपाल एयरले पनि सेवा दिने गरेपनि जहाज कम भएकाले जोमसोम उडान गर्न सकेको छैन । हवाइ सेवा प्रदायक कम्पनीले पोखरा–जोमसोम नियमित उडान जेठ १५ गते देखि नै बन्द गरेका हुन् । बेनी–जोमसोम सडक खण्डमा वर्षाको समयमा जोखिम तथा सडक पनि जोखिम युक्त हुने भएकाले हवाइ यातायात सुरक्षित मानिने भए पनि हवाइ सेवा प्रदायकहरुले उडान नगर्दा मुस्ताङका सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् ।

गएको जेठ १५ गते विमान दुर्घटनापछि साउन ३ गते सम्म ४८ दिनको अवधिमा दुई दिनमा ९ उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले बताउनुभयो । दर्घटनामा परेको तारा यएरले पछिल्ले पटक पोखरा–जोमसोम रूटको उडान तालिका नै हटाएको स्थानीय पर्यटन व्यवसायीको भनाई छ ।

सिजनको समयमा पोखरा–जोमसोम रूटमा दैनिक १५ देखि १८ वटासम्म उडान हुने गरेको थियो । सामान्य अवस्थामा पनि दैनिक तीन उडान हुने गर्दथे । चिसोको समयमा भने केही समय उडान रोकिन्थ्यो । चिसोमा मुस्ताङकै बासिन्दा पनि चिसो छल्नका लागि अन्यत्र जाने हुँदा मुस्ताङ सुनसान हुने भएकाले त्यो समय भने उडान स्थगित हुने गरेको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निजी क्षेत्रका बिमान कम्पनीहरुले आफ्नो ब्यापारिक हिसाबले पायक पर्ने क्षेत्र तर्फ ध्यान दिएर मुस्ताङ उडान नगरेको हुन सक्ने बताउनुभयो । हवाइ मार्ग रोकीदा हवाइ मार्गबाट आउन पर्यटकहरुको संख्यामा कमि आएको मुक्तिनाथ स्थित होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाई छ ।

प्रतिकृया दिनुहोस्