News Portal

पर्साको ठोरी क्षेत्रमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्क रहन आग्रह

रातोपोस्ट संवाददाता
२८५ पटक

काठमाडाैँ, ५ श्रावण । पर्सा जिल्लाको ठोरी र आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रका बासिन्दालाई एसएमएस पठाउँदै अतिभारी वर्षा भएको जानकारी दिएको हो ।विभागले सो सो क्षेत्रमा पछिल्लो १ घण्टा अतिभारी बर्षामापन भएको जनाएको हो ।

सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी हुनको साथै पर्सा जिल्लाको डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्