News Portal

यी नदीमा बाढी आउने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

रातोपोस्ट संवाददाता
२६० पटक

काडमाडाैँ, ६ श्रावण । आज देशका १० भन्दाबढी नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मस्र्याङ्दी नदीको बहाव उल्लेख्य बढ्नेछ ।यस्तै, समजीघाटस्थित भेरी, पारिगाउँस्थित महाकाली, पँधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा पनि बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका केही साना नदीहरूमा पनि जल सतह बढ्ने पूर्वानुमान गरिएको छ ।मध्य वर्षाको समय भएकाले नदी छेउछाउ र पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।काठमाडाैँ

प्रतिकृया दिनुहोस्