रातोपोस्ट संवाददाता
काठमाडौं, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान मन्त्री खाणले प्रचण्ड निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।
भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयहरूमा छलफल भएको छ। दाहाल र मन्त्री खाणबीच नागरिकता विधेयकको कार्यान्वयन, चुनावको मिति घोषणालगायत विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ। निर्वाचन आयोगले यसअघि नै आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न परामर्श दिइसकेको छ ।