News Portal

विप्लवमाथिको पक्राउ पुर्जी खारेज गर्न नारायणकाजीको माग

रातोपोस्ट संवाददाता
३१२ पटक

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

‘बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस्’, श्रेष्ठले भनेका छन्

प्रतिकृया दिनुहोस्