News Portal

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

रातोपोस्ट संवाददाता
२९९ पटक

काठमाडौं, १७ साउन । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्