News Portal

बन्दको असरः काठमाडौंमा बस तोडफोड, कैलालीमा बम भेटियाे

रातोपोस्ट संवाददाता
३१३ पटक

काठमाडौँ, ७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर देशको केन्द्रीय राजधानी काठमाडौंमा पनि परेको छ।

काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूहमा एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेकाे महासागर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।

त्यस्तै, कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको हो ।

कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । हाल डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्