News Portal

नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

रातोपोस्ट संवाददाता
२५१ पटक

काठमाडौँ, ५ असाेज । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।

संसद्का दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसद्को दुवै सदनले परिमार्जन नगरी हतार प्रमाणिकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्