News Portal

नक्कली नोटसहित सिरहाबाट एक जना पक्राउ

रातोपोस्ट संवाददाता
२२५ पटक

काठमाडौं, १८ असाेज । नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्। प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार (असोज १५) गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ मा स्थानीय कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किसाना पसलमा १ बट्टा पाइलट चुरोट खरिद गरेका थिए।

चुरोटको भुक्तानी गर्दा रेजाउल्लाहले दिएको १००० रुपैयाँको नोट शंकास्पद लागेपछि पसल सञ्चालक यादवले प्रहरीलाई जानकारी दिएका थिए। यादवले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट १ हजार दरका ३१ थान नक्कली नोटसहित चाँदीको सिक्री, चाँदीको औंठी, चाँदीको ब्रासलेट लगायत सामग्री बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्