News Portal

चट्याङले बिर्तामोडमा एक बालिकाको मृत्युु

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, २१ असाेज । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ सैनिकमोडमा एकजना बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।

उनलाई साइकलमा गुडिरहेको अवस्थामा आज साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्