News Portal

बिर्तामोडको वानस्टप मलमा आगलागी

रातोपोस्ट संवाददाता
२९९ पटक

झापा, २२ असोज । झापाको बिर्तामोडको वानस्टप मलमा आगलागी भएको छ । बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्य अधिकारीले सो मलमा संचालन गरेको कपडा पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

आगलागी नियन्त्रणका लागि बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल , स्थानीयवासी , प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । उनले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्