News Portal

माओवादीका नगर इञ्चार्ज एमालेमा प्रवेश

रातोपोस्ट संवाददाता
२७० पटक

झापा, ३० असाेज । झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ ।

काँकरभिट्टास्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै माओवादी केन्द्रका नेतृत्वदायी नेताहरुले आम चुनावको संघारमा यो आगमनले नेकपा एमालेको बिजय अभिायनलाई झनै सुनिश्चित गरेको एमाले नेताहरुले बताएका छन् ।

एमालेमा समाहित हुनेहरुमा माओबादी केन्द्रका मेचीनगर इञ्चार्ज गुरागाई जिल्ला कमिटीका सचिवालय सदस्य समेत हुन् । जनयुद्ध कालमा समेत माओबादीको नेता रहेका उनी शहीद परिवारका सदस्य समेत हुन् ।

यसैगरी माओबादी मेचीनगर नगर कमिटीका उपाध्यक्ष उत्तम उत्तम सिठुङ, जिल्ला कमिटी सदस्य एकराज घिमिरे, जिल्ला कमिटी सदस्य टेकेन्द्र चापागाई, मेचीनगर कमिटी सचिवालय सदस्य हरि दाहाल, नगर कमिटी सदस्य निखिल पोखरेल, नगर कमिटी सदस्य पदमबहादुर श्रेष्ठ, नगर कमिटीका पूर्व सदस्य पुष्पादेवी मगर, वाइसीएल जिल्ला कमिटी सदस्य रबिन मेचे, वाइसीएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटी सदस्य, सहिद तथा वेपत्ता परिवार समितिका जिल्ला सदस्य निर्मला सुबेदी र मनोज गुरागाई आज नेकपा एमालेमा समाहित भएका हुन् ।

प्रतिकृया दिनुहोस्