News Portal

विद्यार्थीलाई कानुनी परामर्श

रातोपोस्ट संवाददाता
३१७ पटक

झापा, ३१ असोज । झापाको मेचीनगर–७ स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थीहरु माझ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई यौन दुव्र्यवहार तथा साइबर क्राइम एवम् यसका कानुनी प्राबधानका सम्बन्धमा परामर्श प्रदान गरिएको थियो ।

कानुनकी विद्यार्थी पुजा संग्रौलाले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरुलाई सेनिटरी प्याडसमेत वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षकसमेतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सृजितजंग दुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्