News Portal

अपूरा योजना पूरा गर्ने उम्मेद्वार गोपाल तामाङको संकल्प

रातोपोस्ट संवाददाता
२५९ पटक

झापा, ४ कार्तिक । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे ।

मेचीनगर–८ को नमूना टोल, आदर्श टोल, दुर्गा मन्दिर, भूमे थानलगायतका टोलका मतदातासँग उम्मेद्वारले साक्षात्कार भेटघाट गरेका हुन् ।

चुनावी प्रचार अभियानमा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य तिङ्वाला बाराकोटी गिरी, मेचीनगर–८ का कार्यवाहक वडा सभापति हेमप्रसाद कोइराला, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, वडा तरुण सभापति राजेश गिरी लगायतका नेताहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस्