News Portal

नेकपा (एस) झापाकाे बैठकद्वारा गठबन्धनका उमेदवारलाई बिजयी गराउने निर्णय

रातोपोस्ट संवाददाता
३११ पटक

झापा, ६ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको पुर्ण बैठकले गठबन्धनलाई सफल बनाउदै सम्पुर्ण उमेदवारहरुलाई बिजयी बनाउन ससक्त रुपमा लाग्न विशेष कार्ययोजना तय गरेर अगाडि बड्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको बैठकद्वारा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सबै कार्यकर्तालाई आ-आफ्नो भुगोलमा सक्रिय भएर खट्न र लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारलाई हरतरहले जिताएर प्रतिगामी , जनबिरोधी पक्षलाई पराजित गर्न आग्रह गरेको जिल्ला उप सचिब तीर्थ सिग्देलले जानकारी दिए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा र प्रदेस अध्यक्ष बलदेब चौधरी को विशेष आतिथ्यमा भएको बैठकले पार्टी जिल्ला सचिब वीपी भट्टराईको संयाेजकत्वमा १५ सय सदस्य रहेको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । जसको सचिबमा पार्टीका उप सचिब तीर्थ सिग्देल रहेका छन् । सो बैठकले केन्द्रीय सदस्य निलमणि बरालको अध्यक्षतामा आर्थिक समिति पनि गठन गरेको छ । बैठकले एक निर्देशक तथा अनुसासन समिति पनि गठन गरेको छ ।

बैठकलाई केन्द्रीय उपाध्यक्ष बस्नेत, प्रदेश अध्यक्ष चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश सभाका उमेदवार पुष्पराज पोखरेल , केन्द्रीय सदस्य निलमणि बराल, अषेश घिमिरे, केन्द्रीय सल्लाहकार नारायणसिंह राजवंशी, उपाध्यक्ष प्रत्युस राना, उपसचिब पदम लिम्बू, प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, बुद्धशान्ती नगर कमिटी अध्यक्ष प्रदीप धिमाल लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्