News Portal

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
२२२ पटक

सिउल, १२ कात्तिक । दक्षिण कोरियाको राजधानी सिउल (सोल) मा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब एक लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटल नजिकै बेहोस भएका थिए । एक घण्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

प्रतिकृया दिनुहोस्