News Portal

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते

रातोपोस्ट संवाददाता
३०२ पटक

काठमाडौँ, १९ कार्तिक । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस्