News Portal

दिदी-भाइलाई गायिका मेलिना राईको आर्थिक सहयोग

रातोपोस्ट संवाददाता
४४४ पटक

झापा, २५ कार्तिक । गायिका मेलिना राईले आर्थिक अभावका कारण पढाई छाडेका दिदी भाइलाई आर्थिक सहयोग गरेकी छन्।

इलामको दानाबारीस्थित एक परिवारका दिदी र भाइहरुलाई बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)झापाका अध्यक्ष भूमिका फियाकलगायत टिम मार्फत नगद ५० हजार रूपैयाँ सहयोग गरेकी हुन् ।

हेर्ने कथा कार्यक्रमबाट अनिसा लिम्बू र उनका भाइहरुको बारेमा थाहा पाएकी गायिका राईलगायत ,सामाजिक अभियन्ताहरू पदम फियाक (बाटोघरे )ले १२ हजार ५ सय रूपैयाँ, दमक स्थायी ठेगाना भै हङकङ्मा बस्ने भबिन लिम्बुले १५ हजार रूपैया र अस्मिन फियाकले ५ हजार रूपैयाँ सहयोग गरेका छन् ।

सानै उमेरमा बुबा गुमाएको र आमाले पनि छाडेर गएपछि ३ जना भाइहरुसहित अभिभावक जिम्मेवारी संहाल्दै आएकी लिम्बूले आफ्ने पढाई छाडेर ज्याला मजदुरी गर्दै परिवार चलाउंदै आएकी छिन् ।
उनीहरूको दैनिकी र अवस्थाका बारे मिडियामा आएपछि विभिन्न मानिस र संघसंस्था सहयोग गरेको उनले बताइन् ।
लिम्बू भन्छिन् -‘मैले सहयोगको अपेक्षा गरेकै थिइन तर हाम्रो बारे थाहा पाएर, हाम्रो कथाले छोएर धेरैजना आइरहनु भएको छ ।सबैलाई धन्यबाद दिन चाहन्छु ।’

प्रतिकृया दिनुहोस्