News Portal

मंसिर १ गते रातिदेखि ४ गतेसम्म झापाका सीमा नाका बन्द हुने

रातोपोस्ट संवाददाता
३३१ पटक

झापा, २८ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द हुने जनाएको छ ।

मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरू बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ । काँकडभिट्टा, भद्रपुर, केचना, झापा, गौरीगञ्ज लगायतको नाका बन्द हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सीमा नाका बन्द गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्