रातोपोस्ट संवाददाता
मेचीनगर, ५ मंसिर । झापा क्षेत्र नं १ काे मतगणनामा केही ढिलाइ हुने भएकाे छ । केही बेर अघि शुरू भएकाे सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकले सदर र बदर मतका बारेमा छलफल गरेर निर्णय गर्नेछ ।
त्यस्तै मतपेटिका कसरी मिसाएर गणना गर्ने भन्ने निर्णय पनि सर्वदलिय बैठकले गर्नेछ । मतगणनाकाे समय समेत सर्वदलिय बैठकले नै गर्ने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिएका छन् ।