News Portal

झापा १ (ख) मा सबिना बजगाँइले लिइन् अग्रता

रातोपोस्ट संवाददाता
२९६ पटक

झापा, ६ मंसिर । झापा १ को जारी मतगणनामा प्रदेशसभा (ख) तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पारेकी छिन् ।
१२ हजार ३ सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ९ सय २० मत प्राप्त गरेकी छिन् । लिम्बु ४ हजार ७ सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा जम्मा ३२ हजार ८ सय २५ मत खसेको थियो ।

त्यस्तै झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता कायम रहेकाे छ । १७ हजार ३ सय ८ मत गनिसक्दा तामाङको ७ हजार ८ सय ३५ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ६ हजार ७ सय ७० ल्याएका छन् । तामाङ र कोइरालाको १ हजार ६५ मतान्तर रहेको छ ।

प्रतिकृया दिनुहोस्