रातोपोस्ट संवाददाता
झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।
३८ हजार ९ सय २२ मत गनिसक्दा शर्माको १९ हजार २ सय ९३ र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले ११ हजार ९ सय ७९ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ७ हजार ३ सय १४ रहेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का होमराज भण्डारीले ३९८२, जनता समाजवादी पार्टी नेपालको ढल्केको छाताको १७२ , लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको २०५, हाम्रो नेपाली पार्टीको लौरो चिन्हको १३०, नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शंखको ११९ मत ल्याएका छन् ।