News Portal

गोपाल तामाङकाे अग्रता कायमै

रातोपोस्ट संवाददाता
२२१ पटक

मेचीनगर, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) तर्फ नेपाली काँग्रेसका गोपाल तामाङले अग्रतालाई निरन्तरता दिएका छन् ।

विहानसम्मको गणनामा तामाङले १२ हजार २७४ मत प्राप्त गर्दा नेकपा एमालेका रबिन कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका मंगोल नेशनल अर्गनाईजेशनका सागर राईले १ हजार ६ सय मत प्राप्त गरेका छन् । हालसम्म २७ हजार ७५ मत गणना हुँदा २१ हजार १६४ मत गणना हुुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्