News Portal

  • रामकुमारी झाँक्रीले विष्टलाई बधाई दिदै, भनिन्- विश्वविद्यालयमा पढेभन्दा बढी सिकें

    रातोपोस्ट संवाददाता
    ४० पटक

    काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।

    बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत् भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’

    नेतृ झाँक्रीले निर्वाचनमा सहभागी हुँदा समाज अध्ययन गर्न सजिलो भएको बताएकी छन् । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पींधसम्म पुगेर हेर्ने, बुझ्ने र जान्ने मौका पाएँ ।’

    पछिल्लो साढे दुई दशकमा नेपाली समाजमा भएको अराजनीतीकरण लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले बताएकी छन् ।

    झाँक्री नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित भएकी हुन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत ल्याइन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)