News Portal

झापाबाट राजेन्द्र लिङदेन दोस्रो पटक निर्वाचित

रातोपोस्ट संवाददाता
१९८ पटक

झापा, ८ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन् । यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन् । सिटौला सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए ।

लिङदेनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् । दुई पटक लिङदेन र दुई पटक सिटौलाले जिते । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्