News Portal

सुकुम्वासी बस्ती हटाउन गएका नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

रातोपोस्ट संवाददाता
२१४ पटक

काठमाडौं, १२ मंसिर । सोमबार सुकुम्वासी बस्ती हटाउन गएका ३६ प्रहरी घाइते भएका छन्। काठमाडौंस्थित थापाथलीको सुकुम्वासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका हुन्।

घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक र दुई जनाको वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्