News Portal

पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकपबाट बाहिरियो

रातोपोस्ट संवाददाता
२२० पटक

काठमाडौं, २३ मंसिर । पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो ।
ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो । २० वर्षपछि पुनः विश्वकपको अर्को उपाधि जित्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ । एजुकेसन सिटी रंगशालामा शुक्रबार राति भएको खेलमा ब्राजिलका दुई खेलाडीले पेनाल्टी मिस गर्दा क्रोएसिया ४–२ गोल अन्तरले विजयी भयो । सेमिफाइनल प्रवेशका लागि भएको निर्धारित ९० मिनेटको खेल गोलरहित भएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

प्रतिकृया दिनुहोस्