रातोपोस्ट संवाददाता
काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए ।
‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, सञ्चारकर्मीसँग लिङ्देनले भने ।