News Portal

नारी सञ्चार गृह झापाकी अध्यक्ष शिवाकोटीलाई पितृशोक

रातोपोस्ट संवाददाता
१९४ पटक

झापा, २२ पुस । नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ । उनका बुवा गंगाप्रसाद शिवाकोटीको आज विहान साढे ४ बजे कनकाई वडा- ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्व. शिवाकोटीका दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी रहेका छन् भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । उहाँकी श्रीमती पम्फादेवी शिवाकोटी हुनुहुन्छ ।

आजै दिउँसो १२ बजे कनकाई आर्यघाटमा पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले बताए छ ।

प्रतिकृया दिनुहोस्