पाेखरा, २३ पुस । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी) लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।
संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।
संकटाका लागि दोस्रो गोल मेसुकीले गरे । ३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २-१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी गर्यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे ।
संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।