News Portal

प्रदेश १ मा एमालेका कार्कीले मुख्यमन्त्री पदका लागि ४ बजे दावी पेश गर्दै

रातोपोस्ट संवाददाता
१७७ पटक

झापा, २४ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दल मुख्यमन्त्रीमा दावी पेश गर्न आइतबार ४ बजे प्रदेश १ का प्रमुख पर्शुराम खापुङलाई भेट्ने भएका छन्।

मुख्यमन्त्री पदका लागि नेकपा एमालेलाई दिन सत्ता गठबन्धनका दल सहमत भएपछि नयाँ सरकार गठनका लागि दावी पेश गर्न सत्ता साझेदारीका लागि बनेको गठबन्धनले प्रदेश प्रमुखलाई भेट्न लागेका हुन्। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

सत्ता साझेदार दल नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोबीच नयाँ सरकार निर्माण र सत्ता साझेदारीका विषयमा छलफल भएको मुख्यमन्त्रीका दावेदार कार्कीले बताएका छन्। तर कुन-कुन दलले कुन-कुन मन्त्रालय पाउने भन्ने निश्चित भइनसकेको बताइएको छ।

प्रतिकृया दिनुहोस्