News Portal

देश १ मा मुख्यमन्त्री कार्कीसहित ३ जना मन्त्रीले लिए सपथ

रातोपोस्ट संवाददाता
२१० पटक

विराटनगर, २५ पुस । प्रदेश नम्बर १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसँगै ३ जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् भने ३ जना मन्त्रीले कार्कीसँग सपथ लिएका छन् ।

मन्त्रीको सपथ लिनेहरुमा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु रहेका छन् । सपथ लिए पनि उनीहरुलाई अहिले कुनै मन्त्रीको जिम्मेवारी दिइएको छैन । उनीहरु हाललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागि भएको छैन । आलोपालो सहमति नभएसम्म आफूहरु सरकारमा नजाने अडान लिएएको छ । तर, केन्द्रमा भने शीर्ष नेताहरुबीचमा प्रदेश १ एमालेलाई पाँच वर्षका लागि ढुक्क भनेर सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्