News Portal

भोलि शोक बिदा दिने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
१९६ पटक

काठमाडौँ, १ माघ । सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म २९ जनाको शव निकालिएको छ। अहिले पनि उद्धार कार्य चलिरहेको छ।

प्रतिकृया दिनुहोस्